spot_img

दसैँअघि नखुल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

spot_img
spot_img

काठमाडौं,१२ । दशैँअघि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा नआउने भएको छ। आवश्यक सुरक्षा प्रणालीको जडान र परीक्षण कार्य अपूर्ण रहेकाले अहिले नै सुरुङ खोल्दा जोखिम हुने भन्दै सडक विभागले आंशिक सञ्चालन रोक्ने निर्णय गरेको हो।

सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झाले भने, “तयारी तीव्र पारिएको भए पनि सुरक्षा व्यवस्थापन र मानव स्रोत जुटाउन समस्या भएको छ। कन्सल्ट्यान्टको सुझावअनुसार अहिले खोल्न सुरक्षित नभएकाले हतार नगर्ने निर्णय गरिएको हो।”सुरुङ सञ्चालनका लागि मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भइसकेको छ। टोल संकलनका लागि ‘आरएफआईडी–बेन्ड टोल कलेक्सन सिस्टम’ लागू हुने छ, जसअन्तर्गत सवारीसाधनमा जडान गरिने कार्डमार्फत शुल्क असुली हुनेछ।

सुरुङमा उच्च क्षमताका पावर सप्लाई र जेनेरेटर, अत्याधुनिक फायर–फाइटिङ प्रणाली, आपतकालीन संचार, निगरानी क्यामेरा, ध्वनि मोनिटरिङ, भेन्टिलेसन प्रणाली र नियन्त्रण कक्ष जडान गरिएको छ।सुरुङ सञ्चालनमा आएपछि नागढुंगा क्षेत्रमा सवारी चाप कम हुने, यात्राको समय र इन्धन दुवै बचत हुने, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने र काठमाडौं आवागमनमा दीर्घकालीन सुधार हुने अपेक्षा गरिएको छ।

हालसम्म करिब ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ। सरकारले औपचारिक सञ्चालन पुस महिनादेखि गर्ने निर्णय गरिसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय