Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

सुधारमार्फत मात्र सबल बन्छ लोकतन्त्र : जसपा सचिव साह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राजविराज,१२ असोज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले लोकतन्त्रलाई दलविहीन बनाउने प्रयास खतरनाक हुने बताउनुभएको छ ।

उहाँकाअनुसार राजनीतिक दल नै सघीय लोकतान्त्रिक गणतन्त्रको पहरेदार भएकोले यसको विकल्प खोज्नु बेकारको अभ्यास मात्र हो । उहाँले स्मरण गर्दै भन्नुभयो, “हामी जेन एक्सले आफ्नै आँखै अगाडि २०३६ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, माओवादी युद्ध, मधेशको विद्रोह, राजतन्त्रको पतनदेखि संविधान निर्माणसम्मको संघर्ष देख्यौँ । आज फेरि हाम्रो सन्तानको पुस्ता सडकमा छ, जेन–जी विद्रोह ।”

आइतबार विशेष भेटमा उहाँले थप्नुभयो, समस्या नेतामा, भ्रष्टाचारमा र प्रणालीमा भए पनि यसको समाधान दलविहीनता होइन । “दल बिना सङ्घीयता टिक्दैन, समावेशिता हराउँछ र गणतन्त्र कमजोर हुन्छ ।

विशेषगरी मधेशी, जनजाति, दलित समुदायका अधिकार दलविहीन अवस्थामै पहिले हराउने सम्भावना बढी हुन्छ,” साहले धारणा व्यक्त गर्नुभयो । सुधारलाई नै मूल उपाय ठहर गर्दै उहाँले दललाई गाली गरेर होइन, सद्भाव र सुधारमार्फत सबल बनाउन आग्रह गर्नुभयो। “दललाई नष्ट गर्ने होइन, सुधार गर्ने हात बनौँ । किनकि दल नै संघीय लोकतान्त्रिक गणतन्त्रको आधार हो,” उहाँले जोड दिनुभयो ।

ताजा समाचार

थप समाचार