काठमाडौं,१३ असोज । जेन–जी आन्दोलन दमनबारे छानबिन आयोगको सिफारिसपछि सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका अनुसार पासपोर्ट रोक्का हुने सूचीमा पूर्वप्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल परेका छन्। उनीहरूलाई मन्त्रालयको अनुमति विना काठमाडौं उपत्यका बाहिर जानसमेत रोक लगाइएको छ।
गत २३ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीले गोलीसहित घातक बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो। त्यतिबेला प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन आदेश नदिएको दाबी गरे पनि गृह मन्त्रालयको निर्देशनअनुसार भीडलाई संसद भवन पुग्न नदिने आदेश दिइएको थियो। सो आदेशपछि सीडीओ रिजालमार्फत गोली चलाउन स्वीकृति दिइएको आयोगको निष्कर्ष छ।





