Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

पर्साको ठोरीमा हराएका वृद्ध मृत फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ असोज । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरका ७३ वर्षीय निरे लोप्चन हराएको पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्।

असोज ९ गते बिहान घरबाट बजारतर्फ गएका उनी फर्किन नआएपछि परिवार र स्थानीयले निरन्तर खोजी गर्दै आएका थिए। आइतबार साँझ सुवर्णपुर आठघरे नजिकैको खोल्सामा उनको शव सडेगलेको अवस्थामा भेटिएको वडाध्यक्ष अस्ट बहादुर लोप्चनले जानकारी दिए।

शवको अनुहार र घाँटीको मासु लुछिएको देखिएकाले जंगली जनावरको आक्रमणबाट ज्यान गएको आशंका गरिएको छ। करिब एक वर्षअघि सोही खोल्सामा बाघको आक्रमणमा एक स्थानीयको मृत्यु भएको घटना स्मरणीय भएकाले गाउँलेहरूले पनि त्यसै क्षेत्रलाई खोजी केन्द्र बनाएका थिए।

घटनास्थलमा प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीले स्थलगत अनुसन्धान गरिरहेका छन्। शवलाई पोस्टमार्टमका लागि वीरगञ्ज पुर्‍याउने तयारी भइरहेको छ। वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै प्रस्ट हुने प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार