spot_img

राधेमाई मन्दिरमा परम्परागत रूपमा फूलपाती भित्र्याइयो

spot_img
spot_img

बीरगन्ज,१३ असोज । बीरगन्ज महानगरपालिका–१३ मा अवस्थित दुर्गा भवानीको शक्तिपीठ राधेमाई मन्दिरमा आज (सोमबार) परम्परा अनुसार बडादशैंको सप्तमीका अवसरमा फूलपाती भित्र्याइएको छ।

यस अवसरमा पर्सा क्षेत्र नम्बर १ का पूर्व सांसद तथा पूर्वमन्त्री प्रदीप यादवले आफ्नै काँधमा मातारानीको डोला बोकेर मन्दिर प्रांगणमा प्रवेश गरेका थिए। डोला पुर्याएपछि उनले भक्तजनहरूसँगै पूजा–अर्चना गर्दै फूलपाती भित्र्याएका हुन्।

कार्यक्रममा हजारौँ संख्यामा भक्तजनहरूको उपस्थितिमा शास्त्रीय विधि अनुसार शुभ साइतमा फूलपाती मन्दिरमा चढाइएको थियो।

पूर्वमन्त्री यादवले यस अवसरमा देशभरका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र चिताएका कार्य सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय