spot_img

जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीका परिवारले पाए १५ लाख राहत

spot_img
spot_img

सर्लाही,१३ असोज । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी देवकुमार सुवेदीका परिवारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ।

सुवेदीकी पत्नी पार्वती अधिकारीलाई आइतबार १५ लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख खर्च रकम गरी कुल १५ लाख रुपैयाँ गृह मन्त्रालयमार्फत उपलब्ध गराइएको हो।

आन्दोलनका क्रममा सुवेदीको काठमाडौंमा ज्यान गएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय