spot_img

पर्सामा चरेससहित भारतीय नागरिक पक्राउ

spot_img
spot_img

बीरगन्ज,१४ असोज । सशस्त्र प्रहरीले पर्साबाट ठुलो परिमाणको चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिहारको पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोल–३७ का ३१ वर्षीय गुलाम मोहमदलाई भारततर्फ चरेस लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी प्रमुख पुरन चन्द भट्टका अनुसार मोहमदको मोटरसाइकल (बीआर २२ जे ३५५०) को फल्स बटममा लुकाइएका ९ किलो ५२२ ग्राम चरेस बरामद गरिएको हो। उनलाई छिपहरमाई गाउँपालिका–४, बन्जारीस्थित भिष्वा–जानकी टोला सडक खण्डमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो।

उनको साथबाट आधार कार्ड र एक मोबाइल पनि फेला परेको प्रहरीले जनाएको छ। बरामद चरेस, मोटरसाइकल र पक्राउ परेका मोहमदलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय