spot_img

पूर्वपदाधिकारी महरा, घर्ती र तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरे

spot_img
spot_img

काठमाडौं, १४ असोज । अर्थमन्त्री रामेश्वर खनालले गैरकानूनी रूपमा पूर्वपदाधिकारीहरूले उपभोग गर्दै आएका सुविधाहरू फिर्ता गराउने अभियान अघि बढाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यको गाडी फिर्ता गरेका छन्।

अर्थमन्त्री खनालले दिएको जानकारीअनुसार अब अन्य पूर्वपदाधिकारीहरूमाथि पनि निगरानी बढाइएको छ।
अर्थ मन्त्रालयले यसअघि कानूनी प्रावधानबिना नै राज्य कोषबाट सुविधा लिइरहेका पूर्वराजनीतिक पदाधिकारी र कर्मचारीलाई सुविधा फिर्ता गर्न चेतावनी दिएको थियो।

यस अभियानलाई राज्य स्रोतको दुरुपयोग रोक्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय