spot_img

सर्पदंशबाट महिला मृत्यु

spot_img
spot_img

सप्तरी,१४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सर्पदंशबाट एक महिला मृत्युवरण गरेकी छन्। भारतको मधुबनी जिल्लाकी ३६ वर्षीया लल्तो सदा मायती घरमा पाहुना बसेको समयमा सर्पदंशबाट घाइते भएकी थिइन्।

सोमबार राति करिब १२ बजे दाजु श्रवण सदाको घरमा खाना खाइरहेका बेला घरको दुल्लोबाट निस्किएको सर्पले खुट्टामा टोकेपछि लल्तो घाइते भएकी थिइन्। उनलाई तत्काल कल्याणपुरस्थित श्री बरखगण सर्पदंश उपचार केन्द्र लगेर प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि सिरहाको लहान प्रादेशिक अस्पताल पठाइएको थियो।

तर, उपचारको क्रममा मंगलबार बिहान करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय