spot_img

सर्लाहीमा माटोको ढिस्कोमा पुरिँदा चार जनाको मृत्यु

spot_img
spot_img

सर्लाही,१५ असोज ।  सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९:२० बजे हर्दी नदी किनारमा माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा चार जना गम्भीर रूपमा घाइते भएका थिए। प्रहरी निरीक्षक तथा सर्लाही प्रहरीका सहप्रवक्ता बलिष्टर सिंहका अनुसार, घाइतेहरूलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो तर उपचारका क्रममा पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर, र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

दुर्घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब २.५ किलोमिटर पूर्व पर्छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय