मुग्लिन,१५ असोज । नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार असोज १५ देखि १७ गतेसम्म सेवा स्थगित हुनेछ। असोज १८ गतेदेखि भने पुनःनियमित रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना माई मन्दिर जाने भक्तजनको सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको हो। देश–विदेशका हजारौँ तीर्थयात्रीलाई सुविधा पुर्याउँदै आएको यो नेपालको पहिलो केबलकार हो।



