काठमाडौं,१५ असोज । यस वर्षको दशैँमा नेपाल राष्ट्र बैंकमार्फत झण्डै ६ अर्ब रुपैयाँ बराबरका सुकिला नोट साटिएका छन्।
राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही खुला गरेको थियो। गत वर्ष यो रकम करिब ४ अर्ब थियो। तर अघिल्ला वर्षहरूसँग तुलना गर्दा यो संख्यालाई निकै कम मानिएको छ।
सन् २०८० सालसम्म दशैँमा नयाँ नोट सटही गरिँदै आएकोमा त्यस वर्ष झण्डै २९ अर्बका नयाँ नोट साटिएका थिए। तर सरकारले त्यसपछि नयाँ नोट छपाइ गर्ने अभ्यास बन्द गरी, बजारमा पहिले नै प्रचलनमा रहेका तर सफा र प्रयोगयोग्य नोटलाई ‘सुकिला नोट’का रूपमा वितरण गर्न थालेको हो।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दा छपाइ खर्च कम हुने र बजारको आवश्यकताअनुसार मात्र नोट छाप्नुपर्ने सुविधा हुन्छ। तर नयाँ नोटको तुलनामा सुकिला नोटप्रति आकर्षण अपेक्षाकृत कम देखिएको छ।




