spot_img

भगवानपुरमा ठूलो रकमसहित हुण्डी कारोबारी पक्राउ

spot_img
spot_img

सिरहा,१५ असोज । भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई ठूलो रकमसहित पक्राउ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा ठाडीले पैदल भगवानपुर चोकतर्फ जाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले स्रोत नखुलेको ७ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

बरामद रकममा एक हजार दरका ४७९ थान र पाँच सय दरका ५४२ थान नोट समावेश छन्। प्रारम्भिक अनुसन्धान अनुसार उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको प्रहरीले दाबी गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय