spot_img

बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

spot_img
spot_img

काभ्रेपलाञ्चोक, १६ असोज । भारी वर्षाको उच्च सम्भावना र पहिरोको जोखिमका कारण बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्णय अनुसार असोज १६ देखि २१ गतेसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन चलाउन नपाइने भएको हो। अत्यावश्यक सेवाका सवारीसाधन र एम्बुलेन्स भने यस निर्णयबाट मुक्त रहनेछन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बाढी, पहिरो वा आकस्मिक अवस्था सिर्जना भएमा प्रहरी र ट्राफिक प्रहरीले अन्य समयमा पनि सवारी रोक्न सक्नेछन्।

गत वर्षको असोज ११ र १२ गतेको भीषण वर्षा, बाढी र पहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको थियो। अहिले पनि पुनर्निर्माण कार्य पूर्ण नभएकाले यस वर्ष पनि जोखिम कायमै रहेको अधिकारीहरूको भनाइ छ।

सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनाले आकस्मिक अवस्थामा तुरुन्त प्रयोग गर्न मिल्ने गरी डोजर, एस्काभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरेका छन्।

जिल्ला प्रशासनले नागरिकलाई अत्यावश्यक नभइकन राति यात्रा नगर्न, पहिरोको जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारका बस्तीहरूमा उच्च सावधानी बरत्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय