spot_img

जेनजी आन्दोलनले दलभित्र तेस्रो पुस्तालाई हस्तक्षेपको आह्वान

spot_img
spot_img

काठमाडौं,१६ असोज । नेपालका युवा समूहहरूले पुराना राजनीतिक दलका तेस्रो पुस्ताका नेताहरूलाई पार्टीभित्रै हस्तक्षेप गरी रूपान्तरणको नेतृत्व गर्ने आह्वान गरेका छन्।

इण्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स र हाउ टु देश विकासलगायत समूहहरूले ३९ जिल्लाका प्रतिनिधिसँग छलफलपछि संयुक्त विज्ञप्ति जारी गर्दै पुराना दलका नेताहरूलाई ‘देशमा झल्किएको परिवर्तनको हुङ्कारलाई पार्टी भित्र पनि लैजान’ आग्रह गरेका हुन्।

युवाहरूले नयाँ नेतृत्व ‘असल, इमानदार, नैतिक, पारदर्शी, जवाफदेही र जनताप्रति सहानुभूतिशील’ हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समावेशीताको अवधारणाप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

आन्दोलनकारीहरूले भ्रष्टाचार गर्ने र देश लुट्ने नेताहरूमाथि तेस्रो पुस्ताले खबरदारी गर्नुपर्ने र लुटिएको धन फिर्ता गराउन पहल गर्नुपर्ने माग गरेका छन्। विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतको छानविन प्रक्रिया अघि बढाउन जोड दिइएको छ।

यसैगरी, युवा समूहले वर्तमान ‘अन्तरिम सरकार’को वैधानिकता स्वीकार्दै त्यसलाई दिशा निर्देशन गर्न र भावी सरकारलाई मार्गनिर्देशन गर्न आवश्यक रहेको बताएका छन्। साथै, नागरिक समाज र जनतालाई भ्रष्टाचार नियन्त्रण र राज्य संयन्त्रको कामकारबाहीको सशक्त निगरानी गर्न आह्वान गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय