Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

आजदेखि सोमवारसम्म मनसुन सक्रिय, मुसलधारे वर्षाको पूर्वानुमान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, १७ असोज । आजदेखि सोमवारसम्म देशभर मनसुन थप सक्रिय हुने पूर्वानुमान गरिएको छ । यस अवधिमा विभिन्न स्थानमा मुसलधारे वर्षा र कतिपय क्षेत्रमा आरिघोप्टे वर्षा हुने भएकाले विपद् व्यवस्थापनका तयारीलाई तीव्र पारिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले उद्धार तथा राहत कार्यमा तत्पर रहन, मानवीय क्षति कम गर्न विशेष सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी चार दिन विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ । गृह सचिव रामेश्वर दंगालले आवश्यकता अनुसार राजमार्गमा रातिको यातायात बन्द गर्ने, ट्रेकिङ गतिविधि रोक्ने र उच्च जोखिम भएका क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएका छन् ।

प्राधिकरणका अनुसार काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहटका नदीमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ ।

यसैबीच, काभ्रे र मकवानपुर जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्ग तथा कान्ति लोकपथ–भैंसे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न आदेश जारी गरेका छन् । संभावित बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने देखिएकाले प्राधिकरणले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन र आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

ताजा समाचार

थप समाचार