महोत्तरी, १७ असोज । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
ना६ख १४६४ नम्बरको बस खयरमाराबाट काठमाडौंतर्फ जाँदै गर्दा लक्ष्मीनारायण माध्यमिक विद्यालय नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।
घाइतेमध्ये अधिकांशको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




