spot_img

मौसमविद्हरु सुझाव– “भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित”

spot_img
spot_img

काठमाडौँ, १७ असोज । शनिबारदेखि सुरु हुने भारी वर्षाले बाढी र पहिरोको उच्च जोखिम बढ्ने भएकाले मौसमविद्हरुले जोखिमयुक्त क्षेत्रका राजमार्ग बन्द गर्न सुझाव दिएका छन्।

त्रिभुवन विश्वविद्यालयका मौसम विशेषज्ञ डा. विनोद पोखरेलका अनुसार, चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। उनले भने, “राजमार्ग सञ्चालन गर्दा यात्रुहरुको ज्यान जोखिममा पर्न सक्छ, त्यसैले पूर्वतयारी स्वरूप बन्द गर्नु नै उचित हुन्छ।”

मौसमविद्हरुका अनुसार भारतको उडिसा नजिक विकसित प्रणाली शनिवार बिहानदेखि नेपाल प्रवेश गर्नेछ र वीरगञ्जदेखि जनकपुरसम्म भारी वर्षा हुने सम्भावना छ। पश्चिममा बुटवलदेखि काठमाडौं–हेटौंडा मार्गसम्म, पूर्वमा काभ्रे, रामेछाप, महोत्तरी लगायत क्षेत्रमा पनि सतर्क रहन सुझाव दिइएको छ।

डा. धर्मराज उप्रेतीले भने, “अति भारी वर्षाका बेला काठमाडौं उपत्यकामा पनि आवतजावत नियन्त्रित गर्नुपर्छ। खोला र नदी किनारका बस्तीमा डुबानको जोखिम रहेको छ।”

हाल बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रात्रीकालीन सवारी संचालनमा रोक लगाइएको छ। मौसमविद्हरु भन्छन्, भारी वर्षा शनिबार–आइतबारसम्म हुने सम्भावना छ भने सोमबारदेखि क्रमिक सुधार आउने छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय