spot_img

देशभर बाढीको उच्च जोखिम, २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान

निरन्तर वर्षाले देशभर बाढीको उच्च जोखिम, विभागले जारी गर्‍यो सतर्कता सूचना

spot_img
spot_img

शुक्रबारदेखि लगातार परिरहेको भारी वर्षाका कारण देशका प्रमुख नदीहरूमा पानीको सतह तीव्र गतिमा बढ्दै बाढीको जोखिम अत्यधिक बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा तराईका पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा र काठमाडौं उपत्यकामा ६० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ।

विभागले आगामी २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गर्दै देशका धेरै भागमा बाढी र पहिरोको जोखिम उच्च रहने चेतावनी दिएको छ।

निरन्तर वर्षाका कारण बागमती, कमला र पूर्वी राप्ती नदीमा पानीको सतह खतराको तह नाघ्न सक्ने अनुमान गरिएको छ। त्यस्तै काठमाडौं उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र विष्णुमती नदीहरूमा पनि पानीको बहाव तीव्र गतिमा बढ्दै सतर्कता तहमा पुगेको विभागले जनाएको छ।

विभागले विशेष गरी रातको समयमा डुबान र नदी कटान हुन सक्ने भन्दै नदी किनार र तल्लो भूभागमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

तराईका बागमती, कमला, कोशी, कन्काई र पूर्वी राप्ती नदी आसपासका क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ। विभागले विशेष गरी कोशी र बागमती प्रदेशका नदी किनारमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने र अनावश्यक जोखिम नलिन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय