लगातारको वर्षाका कारण कलैया वितरण केन्द्र अन्तर्गतको सबस्टेसन डुबानमा परेपछि पछिल्ला १४–१५ घण्टादेखि पानी निकाल्ने प्रयास भइरहेको छ। कलैया उपमहानगरपालिकाका विपद् व्यवस्थापन टोली र वरुण यन्त्रसहितका कर्मचारीहरू स्थलमै खटिएका छन्। तर पानीको मात्रा बढ्दै गएपछि अहिलेको प्रयास मात्र पर्याप्त नहुने देखिएको छ।
स्थानीयले तत्काल प्रभावकारी पहलका लागि कलैया उपमहानगरपालिकाको जनप्रतिनिधि तह र जिल्ला विपद् व्यवस्थापन समितिको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
वितरण केन्द्रका प्रमुखका अनुसार सबस्टेसन वरिपरि पानी जमेको छ र सबै तिर बाटो मोटो ढलान भएकोले पानी निकास गर्न निकै कठिनाइ भइरहेको छ। उनले स्थानीयवासीसँग पनि सहयोगको अपील गरेका छन्।
यदि शीघ्र उपाय नअपनाइए, आज पनि विद्युत् आपूर्तिमा समस्या कायम रहने सम्भावना रहेको छ।




