Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.3 C
Birgunj
spot_img

देशभर दुई दिनमा ४० जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ असोज । देशभर लगातार परेको अविरल वर्षाका कारण असोज १८ र १९ गते विभिन्न स्थानमा भएको बाढी, पहिरो, चट्याङ, गाडी दुर्घटना र खोलाले बगाउँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ११ जना अझै बेपत्ता छन्।

मानवीय क्षतिका हिसाबले कोशी प्रदेश सबैभन्दा प्रभावित बनेको छ। इलाममा मात्रै बाढी र पहिरोका कारण २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै उदयपुर, खोटाङ र पाँचथर जिल्लामा गरेर ९ जनाको ज्यान गएको छ, भने ५ जना अझै सम्पर्कविहीन छन्।

मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा १ जना बेपत्ता छन्। बागमती प्रदेश अन्तर्गतको रसुवामा ४ जना र काठमाडौँमा १ जना बेपत्ता भएका छन्।प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको सहयोगमा उद्धार तथा राहत कार्य जारी रहेको छ। पहिरो र बाढीले सडक अबरुद्ध बनाएका कारण केही ठाउँमा उद्धारमा कठिनाइ आएको बताइएको छ।

जलवायु विज्ञहरूले अझै केही दिन वर्षा जारी रहने अनुमान गरेका छन्। यस्तैमा प्रहरी र विपद् व्यवस्थापन निकायहरूले नागरिकहरूलाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नबस्न र आवश्यक परेमा सुरक्षित स्थानमा सर्‍न आग्रह गरेका छन्। सरकारले बाढीपहिरो पीडितका लागि राहत प्याकेज घोषणा गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।

ताजा समाचार

थप समाचार