spot_img

देशभर आज र भोलि सार्वजनिक बिदा घोषणा

spot_img
spot_img

काठमाडौं,१९ असोज । देशभर जारी लगातारको वर्षाका कारण सरकारले आज (असोज १९) र भोलि (असोज २०) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षाको दृष्टिले बिदा घोषणा गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार लगातारको वर्षाले पहिरो, डुबान र अन्य प्राकृतिक विपद्‌का जोखिम बढ्न सक्ने भएकाले जनधनको सम्भावित क्षति रोकथामका लागि देशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको हो।

दसैँ बिदापछि आइतबारदेखि कार्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेकै बेला दुई दिन थप बिदा दिइँदा कर्मचारी र विद्यार्थीहरूका लागि छुट्टी केही लम्बिएको छ। सरकारले विपद्‌ व्यवस्थापन र उद्धारका लागि सम्बन्धित निकायहरूलाई सतर्क रहन निर्देशन पनि दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय