Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नक्सालको भाटभटेनी भवन भत्काउने...

काठमाडौँ,२३ कात्तिक । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको आगलागीले क्षतिग्रस्त भवन भत्काउने क्रममा आज एक...

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

जेन–जी आन्दोलनमा ३० जना अझै उपचाररत, मृत्यु ७५ पुगेको पुष्टि

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० असोज । जेन–जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको अहिले पनि देशभरका विभिन्न अस्पतालमा उपचार जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म आन्दोलनका क्रममा घाइते भएर अस्पताल पुगेका २ हजार ३१६ जनामध्ये २ हजार २३८ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ, भने ३० जना गम्भीर घाइते अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, त्रिवि शिक्षण अस्पतालमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना, काठमाडौं मेडिकल कलेजमा ३ जना र बीएन्ड बी अस्पतालमा पनि ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

- Advertisement -

यस्तै निजामती अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल, नोबेल मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एक जना घाइतेको उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अस्पतालमा भर्ना भएका मध्ये ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ। तर, विभिन्न स्रोतहरूका अनुसार आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७५ पुगेको बताइएको छ।

मन्त्रालयले संघीय १६ वटा अस्पतालमार्फत १२ असोजदेखि अहिलेसम्म जेन–जी क्लिनिकबाट ९ जना घाइतेले पनि सेवा लिएको जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार