spot_img

जनमत पार्टीले गठन गर्दै ‘जेनजी जनमत सङ्घ’

spot_img
spot_img

काठमाडौं,१९ असोज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ भातृ संगठनका रूपमा “जेनजी जनमत सङ्घ” गठन गर्ने तयारी गरेको छ। पार्टीका अनुसार नयाँ पुस्ताको विचार, एजेन्डा र अधिकारलाई संगठित रूपमा अघि बढाउने उद्देश्यले उक्त सङ्घ गठन गर्न लागिएको हो।

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार सङ्घ गठनको प्रक्रिया सुरु भइसकेको छ र यसमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई सहभागी गराइनेछ। “जेनजी पुस्ताले उठाएका हरेक मुद्दा हाम्रो पार्टीका मुख्य एजेन्डा हुन्। हामीले नौलो गणतन्त्रको आन्दोलन घोषणा गरिसकेका छौँ, त्यसको संगठनात्मक स्वरूपका रूपमा यो सङ्घ गठन हुँदैछ,” कुशवाहाले बताए।

पार्टीले जेनजी पुस्ताका माग र आकांक्षालाई सम्बोधन गर्ने गरी विभिन्न नीति र एजेन्डा अघि सारेको छ। तीमध्ये प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्रीको व्यवस्था, ‘राइट टू रिजेक्ट’ र ‘राइट टू रिकल’ अधिकार, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा समावेश गर्ने योजना, डिजिटल नेपाल निर्माण, रोजगारी सिर्जना, स्वायत्त प्रदेश, र सेवा प्रवाहमा दक्षता जस्ता मुद्दा प्राथमिकतामा राखिएका छन्।

जनमत पार्टीका नेताहरूले जेनजी पुस्ताको सक्रिय सहभागिता बिना नयाँ नेपालको रूपान्तरण सम्भव नहुने भएकाले यस सङ्घलाई राष्ट्रिय स्तरको सशक्त युवा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय