spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ

spot_img
spot_img

काठमाडौं,१९ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनलाई ललितपुरको बख्खुडोलबाट नियन्त्रणमा लिएको हो।

शर्माको स्थायी घर दाङको तुलसीपुर–१६ रहेको छ। प्रहरीले अनुसन्धानको क्रममा फरार रहेका उनलाई पक्राउ गरेको बताएको छ। यसै प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय