spot_img

नेपालमा न्यून चापीय प्रणाली बाहिरियो, मौसममा सुधार

spot_img
spot_img

काठमाडौं,१९ असोज । नेपालमा वर्षा गराउने न्यून चापीय प्रणाली बाहिरिएको छ र मौसममा सुधार आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, यो प्रणाली बाहिरिएकोसँगै मनसुन कमजोर भएको र अब मौसम सामान्य रहेको छ।

जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार जारी प्रेस विज्ञप्तिमा जानकारी दिँदै असोज १७ को साँझदेखि असोज १९ को बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा भएको बताइन्। कोशी प्रदेशका धेरै ठाउँमा पनि मध्यमदेखि अति भारी वर्षा मापन गरिएको थियो।

असोज १९ बिहान ८:४५ बजेसम्म देशभरका २९५ वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा भएको थियो। तीमध्ये १०५ केन्द्रमा ५० मि.मी.भन्दा बढी, ६८ केन्द्रमा १०० मि.मी.भन्दा बढी, २१ केन्द्रमा २०० मि.मी.भन्दा बढी र ५ केन्द्रमा ३०० मि.मी.भन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका मुख्य नदीहरू सतर्कता तह पार गरी घट्दो क्रममा पुगेका छन्। सप्तकोशी र त्यसका सहायक नदीहरू—तमोर, सुनकोशी, अरुण—खतरा तह पार गरी घट्दै गएको छ। कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङजस्ता चुरे–महाभारत क्षेत्रका नदीहरूमा पनि खतरा तह पार भइसकेको छ।

महाशाखाले कोशी नदीको चतरा केन्द्रमा बहाव खतरा तह नजिक स्थिर रहेको कारण असोज २० गते मध्यान्हसम्म तटीय क्षेत्र तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय