Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

सडक विभागको आग्रह — “यात्रा अघि सडक अवस्थाबारे जानकारी लिनुहोस्”

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० असोज । देशभरको वर्षा कम भए पनि केही मुख्य राजमार्ग र सडकहरूमा अझै पहिरो र बाढीका कारण समस्या जारी रहेकाले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन सडक विभागले आग्रह गरेको छ।

विभागले आइतबार साँझ सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा विशेष समस्या देखिएको छ। काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिनुभयो।

त्यस्तै, मेची राजमार्गको इलाम खण्डमा धेरै ठाउँमा सडक अवरुद्ध भएको र बिपी राजमार्ग बाढी रोकिएको कम्तीमा सात दिनपछि मात्र सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको विभागले जनाएको छ। गत वर्ष असोजको बाढीले क्षति पुर्‍याएपछि बिपी राजमार्गका करिब डेढ दर्जन स्थानमा बनाइएका अस्थायी डाइभर्सन संरचना पुनः भत्किएका छन्।

- Advertisement -

यस्तै, कान्ति लोकपथ सोमबारदेखि मात्र सञ्चालन गर्न सकिने विभागका प्रवक्ता झाले बताएका छन्। संघीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने अन्य सडक खण्डहरूमा पनि थुप्रै ठाउँमा पहिरोका कारण आवागमन प्रभावित भएको विभागको भनाइ छ।

विभागले यात्रु र चालकहरूलाई मौसम र सडक स्थितिको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गर्दै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ।

ताजा समाचार

थप समाचार