spot_img

दुधौरा खोलामा टिकटक बनाउने क्रममा बेपत्ता युवकको खोजी आज पनि जारी

spot_img
spot_img

बीरगन्ज,२० असोज । बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा बेपत्ता भएका युवकको खोजी कार्य आज (सोमबार) पनि जारी रहेको छ। आइतबार बिहान २१ वर्षीय बिक्की गोसाई दुधौरा पुलबाट खोलामा हाम फालेर टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका थिए। सुरक्षाकर्मीले हिजो दिनभर खोजी गर्दा पनि गोसाईको फेला पारेका थिएनन्।

आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली सेना को संयुक्त टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, नेपाल प्रहरीका १०, सशस्त्र प्रहरीका १० र नेपाली सेनाका २३ जना गरी कुल ४३ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ। खोजी कार्य खोलाको बहाव र आसपासका क्षेत्रहरूमा केन्द्रित गरिएको छ।

स्थानीयवासी र पीडित परिवार घटनाबाट स्तब्ध छन्। यस घटनाले सोशल मिडियाका लागि जोखिमपूर्ण गतिविधिमा संलग्न हुने प्रवृत्ति प्रति समेत चासो र चिन्ता बढाएको छ। प्रहरीले जनतालाई ज्यान जोखिममा पर्ने गतिविधिबाट टाढा रहन आग्रह गर्दै, युवाहरूलाई सतर्कता अपनाउन अपिल गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय