Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

रवि र छविको सहकारी...

बुटवल,२७ कात्तिक । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

मधेशको आर्थिक वृद्धि ३.८८...

काठमाडौं,२७ कात्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले...

मधेश प्रदेश सभामुख मण्डलमाथि...

बीरगन्ज,२७ कात्तिक । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाअभियोग लाग्ने तयारी सुरु...

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
26.1 C
Birgunj
spot_img

चितवनमा कार र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,२० असोज । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा आज बिहान कार र दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ नम्बर र बा.प्र.०६–००१ प ९३९१ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–११ का ३६ वर्षीय राजु आचार्य, गोरखा भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी श्रीमती ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका छन्।

घाइते तीनै जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन्।

- Advertisement -

प्रहरीले कार चालक धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

ताजा समाचार

थप समाचार