Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

नेप्से ३० अंकले घट्याे

काठमाडौं,२३ कात्तिक । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले ओरालो...

कर्मचारीलाई राजनीतिक दलको गतिविधिमा...

काठमाडौँ,२३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थाका शिक्षक,...

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

कक्षा १२ को पूरक...

काठमाडौं,२३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

वर्षापछि पानीजन्य रोगको जोखिम, विज्ञको सतर्कता आग्रह

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२० असोज । लगातारको वर्षापछि देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पुर्‍याएको छ। वर्षापछिको प्रकोपले प्रभावित मानिसको दैनिक जीवन अस्तव्यस्त बनाएको छ। यसैबीच, पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले विज्ञहरूले सर्वसाधारणलाई विशेष सतर्क रहन आग्रह गरेका छन्।

विशेषज्ञहरूले वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइ नअपनाउँदा झाडापखाला, हैजा, आउँ, टाइफाइड, निमोनिया, रुघा–खोकी जस्ता रोग फैलिन सक्ने चेतावनी दिएका छन्। यी रोगहरूले प्रभावित क्षेत्रमा जनधनमा थप क्षति पुर्‍याउन सक्छ। पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र शुद्ध पानी प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले भने, “बाढी–पहिरोपछि खानेपानी प्रणालीमा समस्या आउनसक्छ, जसले फोहोर पानी सेवन गर्दा झाडापखाला, हैजाजस्ता पानीजन्य रोग फैलिन सक्छ। पिउने र खाना पकाउने पानी सफा र पिउनयोग्य छ कि छैन सुनिश्चित गर्न आवश्यक छ।”

- Advertisement -

विज्ञहरूले शुद्धीकरण गरिएको पानी सफा भाँडामा राख्ने, बासी वा सडेगलेका खानेकुरा नखाने, काँचो फलफूल र तरकारी सफा पानीले मात्र धोएर खाने, खाना पकाउनु अघि र पछि, हात धुने, बच्चालाई खाना खुवाउनु अघि साबुनपानीले हात मिचीमिची सफा गर्नुपर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन्।

डा. केसीका अनुसार, बाढी प्रभावित क्षेत्रमा क्लोरिन झोल र ट्याबलेट वितरण भइरहेको छ। झाडापखालाबाट प्रभावित भएमा प्रशस्त तरल खानेकुरा सेवन गर्ने र जीवनजल तयार गरेर प्रयोग गर्ने, समस्या जटिल भएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचारका लागि जाने सुझाव दिइएको छ।

स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा जीवनजल, क्लोरिन ट्याबलेट र आवश्यक औषधिको व्यवस्थासहित सबै स्वास्थ्य संस्थालाई ‘हाइ अलर्ट’मा राखेको छ। डा. केसीले स्वास्थ्यकर्मीहरू सक्रिय रहँदा प्रभावित व्यक्ति तथा परिवारलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सबैसँग सहयोगको अपिल पनि गरेका छन्।

ताजा समाचार

थप समाचार