Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

चितवनमा कारले दुई मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,२० असोज । चितवनको भरतपुरमा कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा तीनजना गम्भीर घाइते भएका छन्। सोमबार नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ स्थित भतेरी जंगलमा दुर्घटना भएको हो।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग२३प ३०९२ र बा प्र ०६–००१ प ९३९१ नम्बरका दुई मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी रविन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–११ निवासी ३६ वर्षीय राजु आचार्य, गोरखा भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी ४५ वर्षीया श्रीमती रेखाकुमारी पौडेल घाइते भएका छन्। ती सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीले कार चालक, धनुषाको मिथिला बिहारी नगरपालिका–१० निवासी ३७ वर्षीय रामनारायण यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

ताजा समाचार

थप समाचार