Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

५० दरका ४२ करोड...

काठमाडौं, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका...

जसपा नेपालले थप्यो पाँच...

काठमाडौँ,२७ कातिक । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो संगठन विस्तार गर्दै पाँच...

कटहरियामा दुई दिनभित्र दुई...

रौतहट,२७ कातिक । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुःखद घटना घटेको छ । दुई...

गृहमन्त्रीले जिम्मेवारी निर्वाह नगर्ने...

काठमाडौँ,२७ कातिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

बीरगन्जको ड्राइपोर्टमा एक मजदुरको मृत्यु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२० असोज । पर्सा जिल्लास्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) मा काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ। मृतक बहुदरमाई नगरपालिका–७ फुलकोइल निवासी ५५ वर्षीय शम्भु साह तेली रहेका छन्।

आइतबार साँझ करिब ६:३० बजेतिर ड्राइपोर्टमा बा ०३–००१ ख २६९८ नम्बरको ट्रकमा मलको बोरा लोड गर्ने क्रममा अचानक चक्कर खाएर लडेका उनलाई तत्काल नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानमा प्रहरीका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

घटनापछि मृतकका आफन्त र अन्य मजदुरहरूले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहान ड्राइपोर्ट भन्सार कार्यालय अगाडि केही समय प्रदर्शन गरेका थिए। प्रदर्शनपछि पूर्वमन्त्री तथा पूर्वसांसद राजकुमार गुप्ता, बहुदरमाई नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष बाबुलाल यादव र वडा नम्बर ८ का वडाध्यक्ष पुनीलाल साह तेलीको पहलमा वार्ता सम्पन्न भएको थियो।

- Advertisement -

वार्ताका क्रममा ठेकेदार कम्पनीले एक साताभित्र नियमअनुसार आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने लिखित आश्वासन दिएको ड्राइपोर्ट सञ्चालनको जिम्मा लिएको प्रिन्स्टिन भ्यालीका सेक्युरिटी सुपरभाइजर धर्मेन्द्र गिरीले जानकारी दिए।

मृतक शम्भु साह तेली पटेल लेबर सप्लायर्समार्फत कार्यरत थिए। उक्त लेबर सप्लायर्स कम्पनीका सञ्चालक करण चौधरी र सुरेश पटेल रहेको जनाइएको छ। शव परिवारले बुझी गइसकेको छ र ड्राइपोर्टको नियमित सञ्चालन सुरु भएको छ।

ताजा समाचार

थप समाचार