spot_img

जनकपुरमा दुई समुदायबीच विवाद समाधान, सर्वपक्षीय सहमति सम्पन्न

spot_img
spot_img

जनकपुर, २० असोज । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद समाधान गर्न सामाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ।

असोज १७ गते दुर्गा माताको मूर्ति विसर्जनको क्रममा समुदायबीच झडप र तनाव उत्पन्न भएको थियो। तत्काल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालयको पहलमा आज बसेको सर्वपक्षीय बैठकमा दुवै धार्मिक समुदायका अगुवा, सुरक्षासंस्था र सरोकारवालाको उपस्थितिमा विवाद समाधानका लागि कदम चालिएको हो। बैठकले गैरकानूनी तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन अनुसार कारबाहीमा सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ।

बैठकले अघिल्ला भदौ १६ र २०७८ कार्तिक २९ मा तेलिया पोखरी विवाद व्यवस्थापनका लागि भएका निर्णयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति पनि गरेको छ।

देवपुरा रुपैठा क्षेत्रमा धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै राजनीतिक दल र समुदायका प्रतिनिधिहरूले सक्रिय पहल गर्ने र कुनै पनि व्यक्ति वा समूहले सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय