spot_img

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

spot_img
spot_img

काठमाडौं, २० असोज । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान सक्रिय भएको छ। जेनजी आन्दोलनका अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न दबाब दिने अभियान सञ्चालन गरेका छन्।

जेनजी आन्दोलनमा गत भदौ २३ गते राज्यद्वारा दमन हुँदा धेरै युवा हातहतियार भएका थिए। यस घटनाप्रति ध्यानाकर्षण गर्दै जेनजी अगुवाहरूले तत्कालीन सरकारका प्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

जेनजी अगुवा रक्षा बमले लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यसको हिसाब हुनुपर्छ। मधेश विद्रोहको समयमा दुई–चार दाना कुहिएका आँप झरेको मात्र भन्ने अभिव्यक्ति दिने, जेनजी आन्दोलनमा निहत्था विद्यार्थीमाथि गोली दाग्ने आदेश दिने व्यक्ति आज पनि चुट्किला सुनाउँदै बसिरहेको छ। हत्यारालाई कारबाहीको दायरामा ल्याइयोस्।”

त्यस्तै, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्ट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “हरेक गोलीको हिसाब हुनेछ। एरेस्ट केपी ओली।”

अन्य जेनजी अभियन्ता र सर्वसाधारणले पनि यो ट्रेन्ड पछ्याउँदै आएका छन्। कतिपयले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने माग सामाजिक सञ्जालमा राखेका छन्।

जेनजी आन्दोलनको पहिलो दिन राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उनीहरूले घटनाको छानबिन गर्न र जिम्मेवारलाई कारबाहीको दायरामा ल्याउन दबाब दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय