Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025
Date
आइत, कार्तिक २३, २०८२
Sun, November 9, 2025

मनाङमा बेपत्ता बाबु–छोरीको शव...

काठमाडौँ,२३ कात्तिक । मनाङ जिल्लामा करिब तीन सातादेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको...

पोखरिया–१० मा एमालेको वडा...

पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत...

नारायणी अस्पतालमा नयाँ मेसु...

वीरगन्ज,२३ कात्तिक । वीरगन्जस्थित नारायणी अस्पताल विकास समितिले आज नयाँ निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट...

जसपाका दुई नेताले दिए...

काठमाडौँ,२३ कात्तिक । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
27.7 C
Birgunj
spot_img

अबिरल वर्षाले बारामा सयौं विघा धानबालीमा क्षति

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ असोज । शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाराका किसानहरूको वर्षभरिको मेहनतमा ठुलो आघात पुर्याएको छ। जिल्लाका १६ वटै स्थानीय तहमा फैलिएको वर्षासँगैको हावाहुरी र खोलामा आएको बाढीले सयौं विघा क्षेत्रफलमा लगाइएको भदैया र हाईब्रिड जातका धानबालीमा ठूलो क्षति पुगेको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर १७ का किसान सोनालाल महतोका अनुसार वर्षाले विशेष गरी सौरभ, गोरखनाथ, चन्दन, राजा, च्याम्पीय, सारु, सारो सोना र विजी–१४४२ जस्ता हाईब्रिड जातका धानहरूमा क्षति पुर्याएको छ। “धान काट्ने तयारीमा थियौं, तर पानीले बोट नै ढलायो,” उनले भने।

वर्षासँगै चलेको हावाले उखुबाली पनि खेतमै लडाएको छ। कृषि ज्ञान केन्द्र बाराका निमित्त प्रमुख राजनारायण साहका अनुसार जिल्लामा लगाइएको उखुको ७० देखि ७५ प्रतिशतसम्म बाली क्षतिग्रस्त भएको छ। खेतमा पानीको निकास नभएकाले तरकारीबालीसमेत ओइलिन थालेको उनले जानकारी दिए।

- Advertisement -

सिम्रौनगढ नगरपालिका–४ का इस्लाम मन्सुरी जस्ता किसानहरूको बाली डुबानमा परेपछि स्थिति अझ दयनीय बनेको छ। “बर्षेभरि मिहिनेत गरेर लगाएको धान यस्तो अवस्थामा पुगेको देख्दा मन भक्कानिन्छ,” मन्सुरीले भने, “हामीजस्ता किसानको गुजारा नै खेतमा भर पर्छ।”

बंगरी, दुधौरा, पसाहा लगायतका खोलामा आएको बाढीले ब्रहम्पुरी सुराही र बन्जरिया जोड्ने बाटोलाई जलमग्न बनाएको छ। आइतबार दिनभर ती क्षेत्रमा यातायात अवरुद्ध भयो। कृषि ज्ञान केन्द्र बाराले जिल्लाका सबै १६ स्थानीय तहमा बाली क्षतिको प्रारम्भिक विवरण संकलन गरिरहेको छ। साहले बताएअनुसार असोज १७ गतेपछिको लगातार वर्षाले काट्न नपाएका भदैया धानमा अंकुर फूट्न थालेको छ। मंगलबारसम्म क्षतिको तथ्यांक संकलन हुने उनले जानकारी दिए।

गंगानगर क्षेत्रका किसानले विगत २० वर्षदेखि वर्षायाममा पानीको उचित निकास नहुँदा खेतीबाली डुबानमा पर्ने समस्याबाट ग्रसित भइरहेका छन्। यस वर्ष पनि यही समस्या दोहोरिएको छ।

ताजा समाचार

थप समाचार