spot_img

धनुषामा करेन्ट लागेर एक पुरुषको मृत्यु

spot_img
spot_img

जनकपुर,२१ असाेज । धनुषाको विदेह नगरपालिका–२ दुहबीमा गएराति करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृतक ५५ वर्षीय हरि पण्डित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार गएराति करिब १०ः३० बजेतिर सुत्न जाँदै गर्दा घरको फलामे गेटमा करेन्ट प्रवाह भएपछि पण्डित गम्भीर घाइते भएका थिए। उनलाई तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार घरमा विद्युत् तार काटिएर गेटमा करेन्ट प्रवाह भएको कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। पण्डित जन्मजात अपाङ्ग थिए र घरमा सुत्ने तयारी गर्दै गेट बन्द गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार पण्डित बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउने मेहनती व्यक्ति थिए। उनका एक छोरा र एक छोरी रहेका छन्। छोरा विदेशमा रहेका छन् भने छोरी विवाहपछि ससुरालीमा बस्दै आएकी छिन्। श्रीमती भने श्रीमानको निधनको खबर सुनेपछि अचेत भएकी बताइएको छ।

मृतकको शवको पोष्टमार्टम जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको र परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय