Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

जेनजी आन्दोलनमा क्षति पुगेका...

काठमाडौँ, २७ कात्तिक  । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ४६५ मध्ये ४४८ प्रहरी...

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर...

काठमाडौँ,२७ कात्तिक । करिब दुई महिनादेखि ग्राउण्डेड अवस्थामा रहेको नेपाल वायुसेवा निगम (नेपाल...

कारागारबाट फरार कैदी नियन्त्रणमा...

काठमाडौँ, २७ कात्तिक । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालले जेलबाट भागेका कैदी...

वीर अस्पतालमा अब श्वासप्रश्वासका...

काठमाडौँ,२७ कात्तिक । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचान अब वीर अस्पतालमा झन् सहज बनेको छ।...
spot_imgspot_imgspot_img
22.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा पर्व धूमधामसाथ मनाइँदै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२१ असोज । मिथिलाञ्चलमा विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको कोजाग्रत पूर्णिमा पर्व आज भव्य रूपमा मनाइँदैछ । जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा भक्तजनहरूको ठूलो भीड लागेको छ । मन्दिर परिसरमा बिहानैदेखि पूजाआजा, भजन–कीर्तन र पारम्परिक परिकारहरूको वितरण हुँदैछ ।

महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा अर्पण गरिने १०८ वटा पाहुर यस वर्ष पनि परम्परागत ढंगले ल्याइएको छ । यो परम्परा गत १५१ वर्षदेखि अविच्छिन्न रूपमा चल्दै आएको मिथिलाञ्चलको एक महत्वपूर्ण सांस्कृतिक धरोहर हो ।

रतौली निवासी स्व. महेन्द्र प्रसाद ठाकुरको परिवारबाट सुरु गरिएको यो परम्परा अहिले नविन ठाकुरको नेतृत्वमा निरन्तरता पाउँदै आएको छ । ठाकुरले भने, “यो हाम्रो पुर्खाबाट चलेको परम्परा हो, यसलाई कुनै हालतमा टुट्न दिनेछैनौं ।”

- Advertisement -

पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल–तरकारीदेखि लिएर भगवान् राम र सीताको लागि विशेष कपडा समेत समावेश गरिन्छ । सोही पाहुरबाट जानकी मन्दिरमा भगवान् सीतारामको ‘चुमाओन’ विधि सम्पन्न गरिन्छ, जुन मिथिलाको धार्मिक परम्परामा अत्यन्त महत्वपूर्ण मानिन्छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यस दिन मन्दिरमा भजन–कीर्तन, हास्य परिहास र विशेष पूजाआजाको कार्यक्रम आयोजना गरिन्छ । उनले भने, “मिथिलामा सेतो परिकार जस्तै चिउरा, दूध, मखान, खीर आदि सेवन गर्ने चलन रहेको छ, त्यसअनुसार मन्दिरमा पनि यस्ता परिकार अर्पण र वितरण गरिन्छ ।”

कोजाग्रत पूर्णिमा नवविवाहित दम्पतीहरूका लागि पनि विशेष महत्त्व बोकेको पर्व हो । यस दिन बेहुलाको घरमा ससुरालीबाट पाहुर ल्याइन्छ र ‘दुरवाच्छत’ विधिबाट चुमाओन गरी शुभकामना दिइन्छ । त्यसपछि भोजभतेरको आयोजना गरी गाउँभर पान र मखान बाँड्ने परम्परा रहँदै आएको छ ।

आजको दिन धनकी देवी लक्ष्मीको आगमन रात मानिने भएकाले महिलाहरू व्रत बसेर लक्ष्मीपूजा गर्ने गर्दछन् । हजारौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा दर्शनका लागि बिहानैदेखि लामबद्ध भएका छन् ।

कोजाग्रत पूर्णिमा पर्वले मिथिलाञ्चलमा धार्मिक आस्था मात्र नभई सांस्कृतिक पहिचान र समुदायबीचको एकता सुदृढ गर्ने सन्देश दिएको संस्कृतिकर्मीहरूको भनाइ छ ।

ताजा समाचार

थप समाचार