spot_img

बीरगन्जका बाढी प्रभावित परिवारहरू ३ दिनदेखि धर्मशालामा बसीरहेका

spot_img
spot_img

बीरगन्ज,२१ असोज ।  शनिबार र आइतबार परेको अविरल वर्षाका कारण पर्साको जनजीवन व्यापक रूपमा प्रभावित भएको छ। बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीले भारी वर्षा गराउँदा सिर्सिया नदीको जलस्तर बढेर वीरगञ्जका धेरै बस्ती डुबानमा परेका छन्।

बीरगन्ज महानगरपालिकाका विभिन्न वडाहरू विशेष गरी वडा नम्बर ९, १०, ११, २३ र २४ मा दर्जनौं बस्ती डुबानमा परेको छ। डुबानबाट प्रभावित वडा ११ रानिघाट नदि छेउ बस्ने दलित समुदायका करिब ५० घरपरिवार अहिले तीन दिनदेखि धर्मशालामा बसीरहेका छन्।

धर्मशालामा बसेकी शान्ति देवी डोमिनले भनिन्, “घरमा पानी पसेपछि फुसको अस्थायी टहरा डुबेको छ। १५ जना सदस्यसहित हामी धर्मशालामा बसीरहेका छौं। प्रहरी र स्थानीय जनप्रतिनिधिले खाना खुवाइरहेका छन्।”

त्यस्तै ललसा देवी र हरिन्द्र मलि डोम परिवारका सदस्यसहित धर्मशालामा सुरक्षित छन्। उनीहरूले घरमा रहेको लत्ताकपडा, खाद्यान्न र कागजात सबै डुबानमा गएको गुनासो गरेका छन्। बाढीका कारण साना बालबालिकालाई समेत धर्मशालामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

स्थानीय खोलानालामा लगातार पानीको बहाव बढेपछि घरमा ठुलो क्षति पुगेको हो। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार पाँच सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन्। प्रभावितहरूलाई विद्यालय, धर्मशाला र क्लब भवनमा लगेर सुरक्षित राखिएको छ।

बीरगन्ज उद्योग वाणिज्य संघको समन्वयमा बीरगन्ज महानगरपालिकाले ड्राइफुड, पानी र आवश्यक औषधि वितरण गर्दै प्रभावित परिवारलाई सहयोग गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय