Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

सर्लाहीमा लखन्देही नदीमा डुबेर एक युवकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,२२ असोज । सर्लाहीको मलङ्गवा नगरपालिका–५ भाडसरस्थित लखन्देही नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृतकको परिचय सोही ठाउँका १८ वर्षीय ओम ठाकुरका रूपमा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो ठाकुर आफ्ना तीन साथीहरूसँग नदीमा नुहाउन गएका थिए । सो क्रममा तीव्र बहावका कारण सबै खोलाले बगाएका थिए । तीमध्ये तीन जना पौडिएर ज्यान जोगाउन सफल भए पनि ठाकुर बेपत्ता भएका थिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी जारी राख्दा केही समयपछि ठाकुरलाई खोलामा तैरिरहेको अवस्थामा फेला पारेको थियो । उनलाई तुरुन्तै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार नदीमा हालको वर्षाका कारण पानीको बहाव अत्यधिक भएको र सोही कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार