Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

साइबर ब्युरोमा एमाले नेता महेश बस्नेतसँग सोधपुछ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग साइबर ब्युरोले बुधबार सोधपुछ गरेको छ ।

भोटाहिटीस्थित साइबर ब्युरोमा बोलाइएका बस्नेतसँग विद्युतीय कारोबार ऐन अन्तर्गत दर्ता भएको जाहेरीका सम्बन्धमा बयान लिइएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । जाहेरी शोभा पाठकले दर्ता गरेकी थिइन् ।

बस्नेत बुधबार दिउँसो ब्युरोमा उपस्थित भएर बयानका कागजातका विषयमा सोधपुछमा सहभागी भएका हुन् । यसअघि सो मुद्दा ब्युरोको अनुरोधमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।

जेन–जी आन्दोलनपछि बस्नेतले सामाजिक सञ्जालमार्फत पीडित महिलालाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको र बस्नेतसम्बन्धी फ्यान क्लबमार्फत समेत अपमानजनक टिप्पणीहरू पोस्ट गरिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ गते ब्युरोलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो ।

त्यसपछि प्रहरीले बस्नेतको पक्राउ अनुमति मागेपनि काठमाडौँ जिल्ला अदालतले थप प्रमाण संकलन गरेर मात्र प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

हाल अनुसन्धान अधिकारीहरूले बस्नेतको फेसबुक पोस्ट र फ्यान क्लबमा प्रकाशित सामग्रीका आधारमा सोधपुछ गरिरहेको बताइएको छ ।

यसैबीच, बस्नेतविरुद्ध बलात्कार र भ्रूणहत्या मुद्दा नचलाउने सरकारको निर्णयबारे दायर रिट उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा रहेको छ ।

ताजा समाचार

थप समाचार