spot_img

घरायसी विवादकै कारण श्रीमतीको हत्या

spot_img
spot_img

काठमाडौं,२२ असोज । घरायसी विवाद बढेपछि नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविना तामाङको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार, मङ्गलबार साँझ जीतमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। सविनाको मृत्यु घटनास्थलमै भएको थियो।

घटनाबारे जानकारी पाएपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ र आवश्यक कानुनी कारबाही अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा तामाङले आवेशमा यस्तो कदम चाल्नु भएको स्वीकार गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय