Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

महेश बस्नेतको चुनौती: ‘हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद महेश बस्नेतले वर्तमान सरकारलाई एमाले अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन खुला चुनौती दिएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ। यदि ओली दोषी हुनुहुन्छ भने कानूनी रूपमा प्रमाणित गर।” उनले सरकारमाथि राजनीतिक द्वेषका आधारमा दमन र उजुरीको खेल चलाएको आरोप पनि लगाए।

बस्नेतमाथि मंगलबार केही जेनजी आन्दोलनका अगुवाहरूले दमनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। सो उजुरीलाई प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो। त्यसको भोलिपल्टै बस्नेतले यो कठोर प्रतिक्रिया दिएका हुन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान दलका नेताहरूमा केन्द्रित हुन थालेको विषयमा पनि उनी आक्रोशित बने। उनले सरकारलाई युवाहरूको सहयोगमा सत्तामा पुगेका नेताहरूमाथि समेत अनुसन्धान गर्न चुनौती दिए।
बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नाम लिँदै भने, “यदि सत्यनिष्ठाको कुरा हो भने अनुसन्धान उनीहरूबाट सुरु गर्नुपर्छ। सबैलाई एउटै मापदण्डले हेर्नुपर्छ।”

आफूहरू पूर्ण शुद्ध नभएको स्वीकार गर्दै उनले भने, “हामी दूधले नुहाएका होइनौं, तर निराधार आरोप पनि सहिँदैन। यदि महेश बस्नेत भ्रष्टाचारी हो भने प्रमाणसहित कारबाही गर, होइन भने मनपरी आरोप लगाउन पाइँदैन।”

बस्नेतले एमालेले जेनजी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमबारे औपचारिक धारणा छिट्टै सार्वजनिक गर्ने जानकारी पनि दिए। उनका अनुसार, “२४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ। यही महिनाभित्र पार्टीले आफ्ना अफिसियल धारणा सार्वजनिक गर्नेछ।”

ताजा समाचार

थप समाचार