spot_img

सर्लाहीमा प्रहरी कुटपिट आरोपमा वडाध्यक्ष पक्राउ

spot_img
spot_img

सर्लाही,२२ असोज ।  सर्लाहीको गोडैतास्थित प्रहरी चौकीमा आक्रमण र प्रहरीलाई कुटपिट गरेको आरोपमा गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असोज १७ गते दुर्गा पूजाका लागि चन्दा उठाउने विवादका कारण स्थानीय कारी यादवलाई अनिल राय यादवसहितले कुटपिट गरेको विषयमा प्रहरी चौकीमा पंचायती छलफल भइरहेका बेला वडाध्यक्ष दासको नेतृत्वमा आक्रमण भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौकीमा भएको ढुंगामुढा र कुटपिटमा सई अवधेशप्रसाद यादवको दुई दाँत भाँचिएको छ भने पाँच जना प्रहरी घाइते भएका छन्।

दासलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो मुद्दामा पक्राउ गरी मलंगवामा राखिएको र अदालतबाट म्याद थप्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसबीच वडाध्यक्षको गिरफ्तारीको विरोधमा गोडैता बजार बन्द गरिएको छ। मेयर देवेन्द्रकुमार यादवले दासमाथि राजनीतिक पूर्वाग्रहका कारण कारबाही गरिएको दाबी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय