Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025
Date
बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.6 C
Birgunj
spot_img

मानव अधिकार आयोगले सबै पक्षलाई संयम अपनाउन अपील

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डाै,२२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । पछिल्ला राजनीतिक घटनाक्रम र जेनजी समूहले गर्न लागेको प्रदर्शनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै संयमता अपनाउन आयाेगले आग्रह गरेको हो ।

आयोगले हिंसात्मक गतिविधि, घृणायुक्त अभिव्यक्ति र नकारात्मक टिप्पणीहरूले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ । गएको भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबारे आयोगले अनुसन्धान तीव्र बनाएको र सम्बन्धित निकायहरूसँग सत्य/तथ्य विवरण सङ्कलन भइरहेको समेत प्रवक्ता टीकाराम पोख्रेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विधिको शासन र शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षाकर्मीको मनोबल उच्च राख्दै संयमित कदम चाल्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ । राजनीतिक दल र समूहलाई प्रदर्शन मर्यादित र शान्तिपूर्ण राख्न र नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्नसमेत आयोगको अपील छ ।

ताजा समाचार

थप समाचार