spot_img

मतदाता नामावली दर्ता अब अनलाइन, फोटो खिच्न कात्तिक मसान्तसम्म नजिकैको कार्यालय जान सकिने

spot_img
spot_img

बीरगन्ज,२२ असोज । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने नागरिकहरूको लागि अनलाइन सुविधा सुरु गरेको छ। अब इच्छुक नागरिकहरूले अनलाइन फाराम भरेर आफूलाई सहज पर्ने कुनै पनि नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक विवरण दिन सक्नेछन्।

निर्वाचन आयोगले जनाएको छ, यो सेवा कात्तिक मसान्तसम्म उपलब्ध रहनेछ। काठमाडौं उपत्यकाभित्रका नागरिकहरूले काठमाडौं (मिनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) कार्यालयबाट समेत यो सेवा लिन सक्नेछन्।

आयोगका अधिकारीहरूले अनलाइन प्रणालीले मतदाताहरूलाई लामो लाइनमा बस्नुपर्ने झन्झट घटाउने विश्वास व्यक्त गरेका छन्। नागरिकहरूले आफ्नै घरमै फाराम भरेर आवश्यक प्रक्रिया सम्पन्न गर्न पाउने भएकाले समय बचत र सहज दर्ता हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय