spot_img

शनिबारसम्म बीपी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

spot_img
spot_img

काठमाडौं,२३ असोज । लगातारको बाढी र पहिरोले फेरि पनि बीपी राजमार्ग ठप्प बनेपछि सडक विभागले शनिबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। गत वर्षको बाढीले क्षतिग्रस्त बनेको राजमार्ग अझै स्थायी रूपमा पुनर्निर्माण नहुँदै यो वर्ष पनि अविरल वर्षाले अस्थायी ट्र्याक बगाएपछि आवागमन अवरुद्ध भएको हो।

दसैंको मुखमै राजमार्ग बन्द भएपछि यात्रुहरू मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग प्रयोग गर्न बाध्य भएका छन्। केही ठाउँमा यात्रुहरूले दोब्बरदेखि तेब्बर भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो गरेका छन्।

सडक डिभिजन भक्तपुरका प्रमुख तथा डिभिजनल इन्जिनियर योगेश सुमनका अनुसार हाल राजमार्गका विभिन्न क्षतिग्रस्त स्थानमा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। “चौकीडाँडा खण्डमा बिहीबारदेखि यातायात सञ्चालनमा ल्याउने र शनिबारसम्म पूरै राजमार्ग खुलाउने लक्ष्यका साथ काम भइरहेको छ,” सुमनले जानकारी दिए।

हाल चौकीडाँडामा नदी डाइभर्ट गरी अस्थायी डाइभर्सन निर्माण भइरहेको छ। मर्मतका लागि १६–१७ वटा भारी उपकरण परिचालनमा रहेका छन्। कटुञ्जेबेसी र कालढुंगामा मर्मत सकिएको छ भने बोक्सीकुना र चारसयबेसी क्षेत्रमा पनि काम अन्तिम चरणमा पुगेको छ।

सुमनका अनुसार बगाएको भाग स्थायी संरचना नभई अस्थायी डाइभर्सन भएको र स्थायी सडकमा ठुलो क्षति नभएको स्पष्ट पारिएको छ। प्रारम्भिक अनुमान अनुसार बगाएको डाइभर्सन पुनः बनाउन करिब ३ करोड रुपैयाँ बराबरको खर्च हुने देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय