काठमाडौं, २३ असोज । माइतीघरमा प्रदर्शन गर्न खोजेका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये डा. निकोलस भुसाल र सञ्जिव दाहाल पनि रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघर पुगेको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, जेन – जी आन्दोलनका विभिन्न समूहहरूले प्रदर्शन गर्न प्रयास गरेका थिए ।
यसैबीच, माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ ।



