Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

महेश बस्नेतको चेतावनीः ‘ओलीलाई छोए देशभर आगो बल्छ’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २३ असोज । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही वा आक्रमणको प्रयास भए देशभर आन्दोलन भड्किने चेतावनी दिएका छन्।

भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै ओलीमाथि कुनै पनि प्रकारको कारबाही “देशव्यापी आगो” बन्न सक्ने दाबी गरे।

उनले भने, “केपी ओलीलाई छोए देशभर आगो बल्छ। एमालेका कार्यकर्ता मौन छैनन्, हामी राणा, पञ्च र शाही शासनसँग जुधेका मानिस हौं।”
जेन–जी र गृहमन्त्रीमाथि प्रहार

बस्नेतले हाल चर्चामा रहेको जेन–जी समूह र गृहमन्त्रीको भूमिकामाथि पनि तीखो टिप्पणी गरे। उनले जेन–जी आन्दोलनलाई “हावाभरको नौटङ्की” भन्दै गृहमन्त्रीलाई यस्ता समूहको दबाबमा नपर्न चेतावनी दिए। उनले एमालेको युवा संगठन युथ फोर्स पुनः सक्रिय रहेको बताउँदै असोज २५ गते देशभर मोटरसाइकल र्‍याली निकालेर “एमालेको शक्ति देखाउने” घोषणा गरे।
‘भ्रष्टाचार छानबिन कुलमानबाट सुरु होस्’

बस्नेतले भ्रष्टाचारविरुद्ध एमाले तयार रहेको बताए पनि छानबिनको सुरुवात निष्पक्ष हुनुपर्ने माग गरे। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई “सबैभन्दा ठूला भ्रष्टाचारी” को आरोप लगाउँदै “छानबिन कुलमानबाटै सुरु गर्नुपर्छ” भने।

त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्तिको स्रोतबारे प्रश्न उठाए र मेयर बालेन शाह तथा जेन–जी अगुवा सुदन गुरुङमाथि पनि छानबिन हुनुपर्ने माग गरे।

बस्नेतको चेतावनीसँगै एमाले निकट युवा समूहहरू सक्रिय हुन थालेका छन् भने राजनीतिक वृतमा उनका अभिव्यक्तिलाई सत्तापक्षविरुद्धको नयाँ आक्रमणको रूपमा हेरिएको छ।

ताजा समाचार

थप समाचार