Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

‘सुशीला कार्कीको सरकार नेपालीको होइन : ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२३ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जनताको सरकार नभएको गम्भीर दाबी गरेका छन्।

बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन्। उनले सिधै भने, ‘यो नेपालीको सरकार होइन।’ ओलीले सरकारमाथि चर्को आलोचना गर्दै गृहमन्त्रीलाई आफूले नचिनेको भए पनि सम्हालिन सुझाव दिँदै राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनीसमेत दिएका छन्।

वर्तमान सरकार गठन प्रक्रियामाथि प्रश्न उठाउँदै ओलीले प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बन्नका लागि संसद् भङ्ग गर्ने पूर्वसर्त राखेको दाबी गरे। उनले भने, ‘संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो।’

संविधानको व्याख्याबाट आएको भन्दै ओलीले प्रधानन्यायाधीश र न्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न नमिल्ने संवैधानिक व्यवस्थालाई समेत स्मरण गराए। उनले राष्ट्रपतिले वर्तमान सरकारलाई चुनाव गराउने म्यान्डेट दिए पनि सरकार निर्वाचनतर्फ नलागेको आरोप लगाए।

ओलीले सरकारमाथि राजनीतिक प्रतिशोध राखेको आरोप लगाउँदै रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गर्ने प्रयास गरिएको दाबी गरे। उनले सडकमा समेत सरकार आफैँले तमासा गरिरहेको बताए। आफ्नो राहदानी रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनी गरिएको सडक तमासाबाट आफू सुशीला कार्कीको डरले नभाग्ने स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री ओलीले अन्त्यमा जेनजी नामका बालबालिकाहरूलाई अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि त्यस्ता कार्यहरू क्षम्य हुन नसक्ने चेतावनी दिएका छन्।

ताजा समाचार

थप समाचार