Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटोमा हजारौं सवारीको जाम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौंडा, २२ असोज । अविरल वर्षाका कारण बीपी राजमार्गमा बाढीपहिरोले सडक अवरुद्ध बनेपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गहरूमा सवारीसाधनको अत्यधिक चाप परेको छ।

बीपी राजमार्गमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू मदन भण्डारी मार्ग हुँदै सिन्धुली, हेटौंडा, भैंसे, भीमफेदी, कुलेखानी, फाखेल, सिस्नेरी र कान्तिलोकपथ हुँदै काठमाडौं प्रवेश गर्दै आएका छन्।
सामान्य अवस्थामा हेटौंडाबाट काठमाडौं पुग्न साढे तीन घण्टा लाग्ने यो यात्रामा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुस्कर बोगटीका अनुसार, “बीपी राजमार्ग क्षतिग्रस्त भएकाले वैकल्पिक सडकमार्गमा अहिले दैनिक करिब १० हजार सवारीसाधन आवतजावत गरिरहेका छन्। साँघुरा र घुमाउरा बाटोका कारण ठाउँठाउँमा जाम पनि भइरहेका छन्,” उनले बताए।

पूर्वी र मध्य नेपालका अधिकांश जिल्लाबाट राजधानी आउजाउ गर्ने निजी र सार्वजनिक सवारीसाधन अहिले यही मार्ग प्रयोग गर्न बाध्य भएका छन्। ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र भोजपुरजस्ता पहाडी जिल्लातर्फ जाँदै आएका साना सवारीहरू पनि यही बाटो हुँदै गुडिरहेका छन्।

दसैं सकिएर राजधानी फर्किरहेका यात्रुका कारण सिस्नेरी–फाखेल–कुलेखानी खण्डमा चारपांग्रे गाडी र मोटरसाइकलको भीड झन् बढेको छ।

वर्षात्को असरले पहिरो खसेका स्थानहरूमा बाटो साँघुरो बनेको र कतिपय ठाउँमा मुस्किलले एउटा गाडी मात्रै गुड्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

थप समाचार